गृहपृष्ठ कोमल वलीले भनिन्– बजेटमा सरकारले मनपरि गरेन, मितव्ययी बन्यो

कोमल वलीले भनिन्– बजेटमा सरकारले मनपरि गरेन, मितव्ययी बन्यो

काठमाडौं– सांसद कोमल वलीले स्थानीय जनप्रतिनिधिबिना आफू केन्द्रमा आइपुग्न नसकेको भन्दै उनीहरुको उच्च सम्मान गरेकी छन् । ‘स्थानीय जनप्रतिनिधि मेरा गोडा हुन्, जसको भरमा म हिँडिरहेको छु,’ आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा राष्ट्रियसभा उनले भनिन्, ‘मुलुक संघीयतामा गइसकेको र स्थानीय जनप्रतिनिधि त्यसको जग भएकाले म उनीहरुलाई उच्च सम्मान गर्छु ।’ केही सांसदहरुले स्थानीय जनप्रतिनिधिलाई उपेक्षा गरेको प्रति कटाक्ष गर्दै उनले भनिन्, ‘जनप्रतिनिधिसँग मिलेर आयोजना छनोट गर्ने र विकास गर्ने सुविधा बजेटले दिएको छ, त्यसको उपयोग गर्नुपर्छ, विरोध होइन ।’
शक्तिशाली र पूर्णबहुमतप्राप्त सरकारसँग जे पनि गर्न सक्ने छुट हुँदाहुँदै मितव्ययी ढंगले बजेट विनियोजन भएको भन्दै उनले अर्थमन्त्री र सरकारको प्रशंसा गरिन् । ‘जसलाई, जसरी र जति पनि बाँड्न सक्थ्यो सरकारले,’ उनले भनिन्, ‘तर गरेन, मितव्ययिता अपनायो, हो यही नै हो यो सरकारको विशेषता ।’

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु