गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटल विच विनाशुल्क सेवा प्रदान गर्ने सम्झौता
आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटल विच विनाशुल्क सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इन्टरनेशनल हस्पिटल विच सेवा प्रदान गर्ने सम्झौता भएको छ । एक समारोह विच उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रवन्धक पवन थापा र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका हुन् ।यसै अवसरमा इन्स्योरेन्सका नायव महाप्रवन्धक थापाले हस्पिटल सँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई विमा लेखमा तोकिएको सिमा सम्म विनाशुल्क अस्पताल सुविधा प्रदान गर्ने वाचा गरेकोमा अस्पतालको व्यवस्थापन तथा सञ्चालक समितीलाई धन्यवाद दिए ।
हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्स सँग आइजीआइ औषधि उपचार विमा लेख खरिद गरी अस्पताल सँग नगद रहित अस्पताल सेवा लिन आग्रह गरेका छन् । साथै उनले अस्पताल सँग आवद्घ सदस्यहरुले औषधि उपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने बताएका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
प्रकाशित समय १९:५१ बजे

















