गृहपृष्ठ राजधानीमा दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न
राजधानीमा दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न
काठमाण्डौँ- हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ । गत शुक्रबार देखि राजधानीमा शुरू भएको ये दोस्रो पटक हो । तीन दिन सम्म चलेको मार्टमा नेपाल लगायत भारत, बंलादेश, पाकिस्तान, चिन, रुस लगायत जम्मा २६ देशका पर्यटन व्यवसायी टुर अपरेर्स र १ सय ५० भन्दा बढिको सहभागिता रह्यो ।
नेपालको हिमाली क्षेत्रको पर्यटन सम्भावनालाई संरक्षण र प्रवद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्न नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर सँगको सहकार्यमा मार्ट आयोजना गरिएको हो । मार्टमा विभिन्न मुलुकका ट्राभल एजेन्सिले टुर प्याकेज पनि विक्रि गरेका छन् ।
प्रकाशित समय २०:२८ बजे

















