गृहपृष्ठ पटका पड्काए सार्वजनिक मुद्दा, देउसीभैलो १० बजेसम्म मात्र

पटका पड्काए सार्वजनिक मुद्दा, देउसीभैलो १० बजेसम्म मात्र

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार पर्वको अवसरमा राति १० बजेपछि देउसीभैलो नखेल्न आव्हान गरेको छ । शान्ति सुरक्षाका हिसाबले राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आव्हान गरिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

यदि कसैले राति अबेरसम्म देउसीभैलो खेल्दा कुनै अप्रिय घटना घट्यो भने उनीहरु उपर प्रशासनले कारबाही गर्ने प्रजिअ केसीले बताए । ‘पटका ओसारपोसार, विक्रीवितरण र पट्काएको भेटेमा सार्वजनिक मुद्दासम्म चलाइन्छ,’ उनले भने, ‘चाडपर्वको अवसरमा कसैले अखाद्य पदार्थ बेचेको वा मिसावट गरेको भेटिए तत्काल प्रशासनमा जानकारी गराउन पनि म आग्रह गर्न आग्रह गर्छु ।’ यस्ता अवाञ्छित कार्य गर्ने जोकोहीलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दसैंजस्तै तिहारमा पनि प्रहरीको बिशेष टोली ठाउँ–ठाउँमा खटिने हुँदा कानुनले बन्देज गरेका कुनै पनि क्रियाकलाप नगर्न चेतावनी दिएका छन् । यदि कसैले यात्राको क्रममा बढी भाडा लिएको भेटिएमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु