गृहपृष्ठ बृज सिमेन्ट खरिद गर्दा ५ लाखको बिमा

बृज सिमेन्ट खरिद गर्दा ५ लाखको बिमा

brij-cement-newskarobar

बृज सिमेन्ट खरिद गर्दा कम्पनीले ५ लाखसम्मको बिमा योजना ल्याएको छ । आम उपभोक्तालाई आकर्षण गर्न कम्पनीले बिमा योजनासहित विभिन्न उपहार योजना ल्याएको सेल्स तथा मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले बताए ।

उनका अनुसार न्यूनतम २५ वोरा सिमेन्ट खरिदकर्ताले एक वर्षको ५ लाखसम्मको बिमा योजना प्राप्त हुनेछ । एक वोरा सिमेन्ट खरिद गर्दा ४ अंक प्राप्त गर्ने सिस्टम कम्पनीले ल्याएको छ । एक्सपोर्ट च्वाइस मिसन क्लब सञ्चालन गरेको कम्पनीले क्लबमा आबद्ध हुँदा प्रति बोरा खरिदमा ४ अंक दिने गरेको हो । २५ बोरा खरिद गर्दा एक सय अंक दिने गरेको उनले जनाए । ४२५ वोरा सिमेन्ट प्रयोग गर्दा १ हजार ७ सय अंक प्राप्त गर्ने जसमा थाइल्यान्ड, दुबईलगायतका देशको भ्रमणसमेत प्याकेज राखेको उनले जनाए । सिमेन्ट प्रयोग गरेको अंकको आधारमा विभिन्न उपहार योजना दिइनेछ ।

सिमेन्टको गुणस्तरमा कुनै कमी हुन नदिने कम्पनीको दाबी छ । सिमेन्ट प्रयोककर्ताले दिएको सुझावको आधारमा कप्पनी अघि बढ्ने भएको शाहीले जनाए । डिलरको मान्छेले मात्रै सिमेन्ट बिक्रीको नाफा तथा विभिन्न उपहार योजना पाउने भएको अवस्थामा यस पटक आफूहरुले सिमेन्ट प्रयोगकर्ता विभिन्न कम्पनीका ठेकदारलाई नै केन्द्रित हुने गरी उक्त कार्यक्रम गरिएको उनले बताए । कम्पनीले देशका विभिन्न सहरमा ठेकदार मिट कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित समय २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु