गृहपृष्ठ प्लाष्टिकको मालाले ढाकियो बजार (फोटो फिचर)
प्लाष्टिकको मालाले ढाकियो बजार (फोटो फिचर)
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार यतिबेला प्लाष्टिकको मालाले पहेँलै भएको छ । यमपञ्चक सुुरु हुनुभन्दा अगाडिदेखि नै वीरेन्द्रनगरका पसलहरु यस्ता मालाले ढाकिएका हुन् । भाइमिठाई, टिका तथा विभिन्न खानेकुराका परिकारहरुलगायत तिहारका सामानले पसलहरु सजिएका छन् । भारतबाट आयात गरिएका प्लाष्टिकका यस्ता रंगीचंगी फूल र मालाहरुले बजार झिलीमिली देखिएको छ । व्यापारीहरु भ्याइनभ्याई छन् । किनमेल गर्नेहरुको चहलपहलले तिहारको रौनक बढाएको छ ।
प्लाष्टिककै मालाप्रति ग्राहकहरुको आकर्षण रहेको व्यापारीहरु बताउँछन् । अहिलेसम्म एउटै व्यापारीले लाखौँको माला बेचेका छन् । लक्ष्मी पूजाको दिन अझ बढी कारोबार हुने उनीहरु बताउँछन् । प्लाष्टिकको मालाका कारण मखमली, सयपत्री, हजारीलगायत फूल वेवास्तामा परेको छ । कृत्रिम फूलका कारण तिहारको मौलिक पहिचान गुम्ने खतरा बढेको कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
प्रकाशित समय १८:१० बजे





















