गृहपृष्ठ कोटेश्वरमा नेपाल बंगलादेश बैंक
कोटेश्वरमा नेपाल बंगलादेश बैंक
काठमाडौं-नेपाल बंगलादेश बैंक लिमिटेडले कोटेश्वरमा शाखा विस्तार गरेको छ । यो बैकको ७१ औं शाखा हो । उक्त शाखाको औपचारिक उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा बैंकका सञ्चालक समितिका सदस्यकोे उपस्थितिमा बैंकका अध्यक्ष जलाल अहमदले गरेका हुन ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२, कोटेश्वरका वडा सदस्य राजेन्द्र न्यौपाने र हिमालय कलेज,कोटेश्वरका प्रधानाध्यापक राम हरी सिलवालले शुभकामना मन्तव्य व्यक्त गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाको बारेमा मन्तव्य राखेका थिए ।
कोटेश्वर शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५२ एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको पनि बैकले जनाएको छ ।
प्रकाशित समय ०९:३१ बजे

















