गृहपृष्ठ एनआईसी एसिया र नबिल इन्भेस्टमेन्टबीच सम्झौता
एनआईसी एसिया र नबिल इन्भेस्टमेन्टबीच सम्झौता
काठमाडौं– एनआईसी एसिया बैंक र नबिल इन्भेस्टमेन्ट बैंकबीच ऋणपत्र निस्काशन गर्ने सम्झौता सम्पन्न भएको छ ।
ऋणपत्र निस्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा एनआइसी एसिया बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरवादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यससंगै बैंकले ११ प्रतिशत ऋणपत्र २०८२÷८३ निस्काशन गर्न बैंकिङलाई धितोपत्र निस्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापश्चात बैंकिङले बैंकको १,००० दलका १८ लाख ३० हजार कित्ता अर्थात् १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निस्काशन गर्ने भएको छ । सो मध्य पनि ८० प्रतिशत व्यक्तिगत र २० प्रतिशत सर्वशासाधारणका लागि धितोपत्र बोर्डको स्वीकृतिपछि बिक्री खुल्ला गरिनेछ ।
प्रकाशित समय १५:३० बजे

















