गृहपृष्ठ मिर्गौलापीडितलाई ६ लाख ३४ हजार सहयोग
मिर्गौलापीडितलाई ६ लाख ३४ हजार सहयोग
दुवै मिर्गौला फेल भई उपचार गराइरहेका कास्कीको मादी गाउँपालिका-७ थाक घर भई हाल पोखरा महानगरपालिका-१३ लामोडहरमा बस्दै आभएकी २४ वर्षीया मनीषा गुरुङलाई सञ्जीवनी दिदीबहिनी केन्द्रले ६ लाख ३४ हजार ३४० सहयोग गरेको छ ।
गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार उक्त रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा संकलित उक्त रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले मनीषा बचाऊ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरेकी थिइन् ।
अभियानका संयोजक गुरुङले मिर्गौला प्रत्यारोपणका लागि २० लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकको भनाइ रहेको बताए । पीडित गुरुङले हाल हप्ताको दुई पटक डायलासिस गर्दै आएकी छन् । यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि ८ लाख रुपैयाँ संकलन गरेको थियो । (रासस)
प्रकाशित समय १०:५० बजे
















