गृहपृष्ठ अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छ : अध्यक्ष केसी
अन्तर्राष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भए पनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भने ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले भने, ‘मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रूपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।’ मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान’ अन्तर्गत मोटरसाइकल र्यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको उक्त पार्टीले जनाएको छ । (रासस)
प्रकाशित समय १५:३७ बजे
















