गृहपृष्ठ नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्र : विश्व बैंक

नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्र : विश्व बैंक

World Bank_NewsKarobar

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्र रहने बताएको छ । बैंकले बिहीबार ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस वर्षका लागि यसअघि प्रक्षेपित ६.५ प्रतिशतको वृद्धिमा कटौती गरेको हो ।

बै‌ंकका अनुसार चालू आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रको वृद्धिदर ४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धिदर ८.३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ७.२ प्रतिशत रहनेछ।Growth_NewsKarobar

नेपालका लागि विश्व बैंकका वरिष्ठ अर्थशास्त्री केन इमेजेनरीले गत वर्षको तुलनामा यस वर्ष नेपालको मुद्रास्फीति दर पनि बढेर ५ प्रतिशत नाघ्ने बताइन् ।

बैंकका अनुसार यस वर्ष नेपालको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ६.८ प्रतिशतमा झरे पनि वित्त घाटा भने बढेर जीडीपीको २.६ प्रतिशत पुग्नेछ ।

बैंकले नेपाल भ्रमण वर्ष २०२० को आयोजना हुने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने र विभिन्न मुलुकसँगका हवाई सेवा सम्झाैतापछि ‘एयर कनेक्टिभिटी’ बढ्नेलगायतका आधारमा सेवा क्षेत्रको विस्तार हुने जनाएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका वृद्धिदर कम आँकलन गरिएकोमा असन्तुष्टि जनाए । उनले बैंकले आफ्ना वृद्धि प्रक्षेपणमा पुनरावलोकन गरिरहेको भन्दै आउँदा दिनमा नेपालका वृद्धि प्रक्षेपण बढाउन आग्रह गरे । उनले नेपालले यस वर्ष ८ प्रतिशत वृद्धिदरको लक्ष्य राखेको भन्दै सरकारले वृद्धि लक्ष्यमा कुनै कटाैती नगरेको प्रस्ट पारे ।

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु