गृहपृष्ठ धनुषामा बम विस्फोट : २ को मृत्यु, ६ जना घाइते
धनुषामा बम विस्फोट : २ को मृत्यु, ६ जना घाइते
धनुषामा शक्तिशाली बम बिस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुँदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:२१ बजे
















