गृहपृष्ठ भारतमा मध्यमवर्ग लक्षित २७० खर्ब भारुको बजेट

भारतमा मध्यमवर्ग लक्षित २७० खर्ब भारुको बजेट

India Budget_NewsKarobar

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०/२१ का लागि मध्यम वर्गलाई लक्षित गर्दै  २६९  खर्ब ८५ अर्ब भारु* ( ३ खर्ब ७९अर्ब ७७ करोड अमेरिकी डलरको बजेट पेश गरेकी छिन् ।

आफ्नो कार्यकालका दोस्रो बजेट पेश गर्दै सीतारमणले यस वर्ष वित्त घाटा ३.८ प्रतिशतमा सीमित राख्ने घोषणा गरिन । उनले शनिबार पेश गरेको बजेटमा आय  २२ खर्ब ४६ अर्ब भारु (३ खर्ब १६ अर्ब ३ करोड अमेरिकी डलर)को रहने उल्लेख छ ।

बजेटमा आयकर छुटका यसअघि प्रावधानलाई कायम राख्दै प्रगतिशील कर प्रणाालीका घोषणा गरिएको छ, जसअन्तर्गत तल्लो आय समूह भएकाले कम र माथिल्लो आय समूह भएकाले बढी कर तिर्नु पर्नेछ ।

नयाँ करका दरअनुसार  ५ लाख भारुसम्म आय हुनेले कर तिर्नुपर्ने छैन भने ५ देखि साढे लाखसम्म १० प्रतिशत, साढे ७ देखि १० लाखसम्म १५ प्रतिशत, १० देखि साढे १२ लाखसम्म २० प्रतिशत, साढे १२ देखि १५ लाखसम्म २५ प्रतितश र १५ लाखभन्दा माथिको आयमा ३० प्रतिशतको कर दर कामय गरिएको छ ।

बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी बढाइएको छ । कृषि क्षेत्रका विकासका लागि मात्र १५ अर्ब भारु कृषि ऋण प्रदान गर्ने घोषणा गरिएको छ ।

*सच्याइएको- सं

 

 

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु