गृहपृष्ठ घट्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कति ? (सूचीसहित)
घट्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कति ? (सूचीसहित)
शुक्रबार अमेरिकी डलरको मूल्य तल झरेको छ । अमेरिकी डलरको मात्र होइन धेरै देशहरुको विनिमयदर घटेको छ ।
आज अमेरिकी डलरको मूल्य खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १ सय १४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ २९ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ७ पैसा रहेको छ ।
साउदी रियालको खरिददर ३० रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ ।त्यस्तै यूरोपियन यूरोको खरिददर १ सय २४ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ६२ पैसा रहेको छ ।
कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।
विनिमयदर तालिका

प्रकाशित समय ०७:४७ बजे

















