गृहपृष्ठ संसद अवरूद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय
संसद अवरूद्ध नगर्ने कांग्रेस संसदीय दलको निर्णय
नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठक अवरूद्ध नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले संसद चल्न दिएको थिएन ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सुरुमा आफ्नो कुरा राख्ने त्यसपछि संसद सञ्चालन हुन दिने कांग्रेसको तयारी छ । कांग्रेसले सभामुखलाई यसबारे सूचना दिन भएको छ ।
प्रकाशित समय १२:५१ बजे
















