गृहपृष्ठ प्रकृतिको अनुपम संगम ‘भू-स्वर्ग’ (फोटो फिचर)
प्रकृतिको अनुपम संगम ‘भू-स्वर्ग’ (फोटो फिचर)
सुख्खा याममा चारैतिर दलदले मैदान भएको खप्तड हिउँदमा भने ‘हिरा’जस्तो चम्किलो देखिन्छ । समुन्द्री सतहबाट २७ सयदेखि ३८ सय मिटरको उचाइमा पर्ने खप्तड भू-स्वर्गको उपमाले परिचित छ । सुदूरपश्चिमका ४ जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको बीचमा पर्ने २२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको खप्तडले प्रत्येक ऋतुमा रुप फेर्ने गर्छ ।
सदाबहार पर्यटकलाई आनन्द दिने यो ठाउँलाई हिउँदे याममा ‘सुदूरको हिरा’को नामले चिनिन्छ । हिउँदे याममा खप्तडमा बस्ने जनावरहरु गाउँघरतिर बास खोज्न आउने गर्छन् । अत्यधिक मात्रामा चिसो हुने हुँदा खप्तड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु कम मात्रामा पुग्छन् ।












तस्बिर : कपिल रावल
प्रकाशित समय १४:३८ बजे
















