गृहपृष्ठ धनुषाधाममा एनआइसी एशिया बैंकले खोल्यो शाखा

धनुषाधाममा एनआइसी एशिया बैंकले खोल्यो शाखा

एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका ३ मा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । ग्रामीण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने प्रयत्नमा रहेको बैंकले मंगलबार धनुषाधाम शाखाको औपचारिक उद्घाटन गरेको हो ।

नयाँ शाखाको धनुषाधाम नगरपालिका प्रमुख बालेश्वर मण्डलले उद्घाटन गरेका छन् । नयाँ शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

एनआइसी एशियाले मुलुकभरका ३१९ शाखा कार्यालय, ४४४ एटिएम, १०३ एक्सटेन्सन काउन्टर र ५२ वटा शाखारहित बैंकिङमार्फत देशभरका करिब २१ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु