गृहपृष्ठ नबिल बैंक र नयाँ बानेश्वर व्यापार व्यवसायी संघबीच सम्झौता
नबिल बैंक र नयाँ बानेश्वर व्यापार व्यवसायी संघबीच सम्झौता
बिनाधितो १५ लाखसम्म सहुलियत ऋण उपलब्ध गराउने
नबिल बैंक र नयाँ बानेश्वर व्यापार व्यवसायी संघबीच सहकार्यका लागि सम्झौता भएको छ । संघमा आबद्ध महिला व्यवसायीलाई बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने गरी सहकार्य भएको हो ।
नबिल बैंकको ललितपुरस्थित इनारमा रहेको प्रदेश कार्यालयमा शुक्रबार भएको सम्झौतामा बैंकका बागमती प्रदेश प्रमुख प्रकाशबाबु पन्त र संघका अध्यक्ष रामशरण गिरीले हस्ताक्षर गरेका छन् । संघका कोषाध्यक्ष रमेशमान शाक्यको संयोजकत्वमा नविलसँग सहकार्यका भएको हो ।
सम्झौताअनुसार संघका महिला व्यवसायीले नबिल बैंकको सिनामंगल शाखाबाट १५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । बानेश्वर क्षेत्रका ६०० भन्दा बढी व्यवसायी आबद्ध संघमा महिला व्यवसायी करिब १०० जना छन् ।
सम्झौता पत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा नबिल बैंकको माइक्रो फाइनान्स म्यानेजर मनोजकुमार यादव, सिनामंगल शाखा प्रबन्धक प्रमिला श्रेष्ठ, सविना रिमाल एवं संघका उपाध्यक्षहरु कल्पना दाहाल र सिर्जना श्रेष्ठ, कोषाध्यक्ष शाक्य, सदस्य यशोदा सिके बुढाथोकीलगायतको उपस्थिति थियो ।
प्रकाशित समय १७:३५ बजे


















