गृहपृष्ठ एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन

एनआरएनएको आपतकालीन राहत कोषमा १ करोड ८८ लाख संकलन

flight

गैर आवासीय नेपाली संघ (एनआरएनए)को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरससँगै सरकारले गरेको लकडाउनका कारण आर्थिक रुपमा कमजोर भएका नेपाली नागरिकलाई सहयोग गर्न स्थापित कोषमा १ करोड ८८ लाख ७ हजार ६०० रुपैयाँ संकलन भएको एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठ गैरआवासीय नेपाली संघको कोरोना पीडित राहत कोषका संयोजक हुन् ।

सहयोग गर्नेको नामावली

१. गैरआवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख

२. गैरआवासीय नेपाली संघ जापान : रु. ५ लाख

३. गैरआवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय

४. उपेन्द्र महतो (बेलारुस) : रु.  ५ लाख

५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख

६. कुमार पन्त  (जर्मनी) :  रु. ५ लाख

७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख

८. बद्रि केसी (रुस) : रु. १ लाख

९. मन केसी (अस्ट्रेलिया) : रु. १ लाख

१०. अर्जुनकुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख

११. गौरी जोशी (अमेरिका) : रु. ५ लाख

१२. आरके शर्मा (कतार) : रु. २ लाख

१३. महेशकुमार श्रेष्ठ (जापान) : रु. ५ लाख

१४. लोक दाहाल (बेल्जियम) : रु. १ लाख

१५. गोविन्द श्रेष्ठ (रोविन्द्र) (जापान) : रु. १ लाख

१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख

१७. दिपकप्रसाद कंडेल (जापान) : ५० हजार

१८. पुरुषोत्तम बोहोरा  (अमेरिका) : रु. १ लाख

१९. लोकनाथ वस्ती (जापान) : रु. ५० हजार

२०. राजन त्रिपाठी  (अमेरिका): रु. ५० हजार

२१. कृष्ण तिमिल्सिना  (बेलायत) : रु. ५० हजार

२२. चन्द्र गुरुङ (बेलायत) : रु. १ लाख

२३. टंक लम्साल (जर्मनी) : रु. ५० हजार

२४. भूमिराज गुरुङ (स्विट्जरल्यान्ड) : रु. ५० हजार

२५. अभ्युमन्यु बस्नेत (क्यानाडा) : रु. १ लाख

२६. अब्दुल बसिद (कतार): रु. १ लाख

२७. रमेश भण्डारी (साउदी अरब) : रु. ३२ हजार (करिब)

२८. नारायण पासवान  (साउदी अरब ) : रु. १० हजार

२९. कुमार कार्की (थाइल्यान्ड) : रु. १ लाख

३०. कृष्ण लामिछाने (अमेरिका) : रु. ५० हजार

३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार

३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब)

(यसअघि भुलवश गलत शीर्षक सम्प्रेषण भएकोमा सच्याइएको छ ।)

प्रकाशित समय ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु