गृहपृष्ठ सरकारलाई नागरिक लगानी कोषको १ करोड २५ लाख सहयोग
सरकारलाई नागरिक लगानी कोषको १ करोड २५ लाख सहयोग
कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नागरिक लगानी कोषले १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोष सञ्चालक समितिको सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले स्थापना गरेको कोषमा सो रकम सहयोग गरेको हो ।
साथै, कोषमा सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामती कर्मचारीहरुले योगदान गरेसरह दशौं तहसम्मका अधिकृतले सात दिन, अन्य अधिकृतले पाँच दिन र सहायक स्तरका कर्मचारीले तीन दिनको तलबबराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।
प्रकाशित समय ०८:५७ बजे

















