गृहपृष्ठ एनआईसी एसिया बैंक र फुडमाण्डुबीच सम्झौता हुन सकेन
एनआईसी एसिया बैंक र फुडमाण्डुबीच सम्झौता हुन सकेन
एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाइनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट दिने गरी हुन लागेको सम्झौता अन्तिम समयमा स्थगित भएको छ । केही प्राविधिक तथा लकडाउनका कारण सम्झौता हुन नसकेको एनआइसी एसियाले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यम प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यान्नलगायतका अत्यावश्यक सामान खरिद गर्न प्रोत्साहनस्वरुप यस्तो योजना ल्याउन लागिएको थियो ।
(यसअघि एनआईसी बैंकका ग्राहकलाई फुडमाण्डुमार्फत सामान खरिद गर्दा छुट शीर्षकमा समाचार सम्प्रेषण भएकोमा सच्याइएको छ । ‑ सम्पादक)
प्रकाशित समय १९:०१ बजे

















