गृहपृष्ठ यस्ता छन् टेलिकमले सार्वजनिक गरेका भ्वाइस तथा डाटा प्याकेज
यस्ता छन् टेलिकमले सार्वजनिक गरेका भ्वाइस तथा डाटा प्याकेज
नेपाल टेलिकमले आफ्नो नयाँ योजना ‘भ्वाइस तथा डाटा प्याकेज’ सार्वजनिक गरेको छ ।
नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ । सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलब्ध गराउने निर्णय गरेको छ ।
सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सयमा बोनस सहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।
यसैगरी कम्पनीकै नेटवर्कभित्र (on net) भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १०० रुपैयाँमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।
USSD / Nepal Telecom App बाट खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु Stay Connected अफरको रुपमा उपलब्ध हुनेछ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नु पर्दछ । थप जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np बाट प्राप्त गर्न सकिने छ ।
यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको मिति २०७६ चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।
नेपाल टेलिकमले देशभर रहेका आफ्ना सेवाग्राही तथा समस्त देशबासीलाई कोरोना भाइरसको महामारीले सिर्जना गरेको यस विषम परिस्थितिमा नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट उपलव्ध गराइएका जानकारी तथा जारी गरिएका निर्देशन बमोजिम नै आ–आफ्नो दैनिक क्रियाकलापहरू सञ्चालन गरी स्वस्थ र सुरक्षित रहन नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले अनुरोध गरेका छन् ।
प्रकाशित समय १०:३३ बजे

















