गृहपृष्ठ मेगा बैंकले कोरोना राहत कोषमा एक करोड ३५ लाख दिने
मेगा बैंकले कोरोना राहत कोषमा एक करोड ३५ लाख दिने
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल एक करोड ३५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ ।
बैंकले केन्द्रको कोषमा एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच/पाँच लाख गरी जम्मा एक करोड ३५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।
प्रकाशित समय १८:२५ बजे

















