गृहपृष्ठ गण्डकी सरकारको बजेटमा प्रतिपक्षको टिप्पणी : जनताको माग सम्बोधन भएन

गण्डकी सरकारको बजेटमा प्रतिपक्षको टिप्पणी : जनताको माग सम्बोधन भएन

चालूतर्फ १४ अर्ब ३४ करोड र पुँजीगततर्फ १९ अर्ब ९९ करोड विनियोजन

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजस्व र व्ययको अनुमान पेस गरेका थिए ।

बजेटमध्ये चालूतर्फ १४ अर्ब ३४ करोड २६ लाख ७४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन भएको छ । आन्तरिक राजस्वबाट ४ अर्ब ५० करोड ८५ लाख ६० हजार रुपैयाँ उठाउने सरकारको लक्ष्य छ । बजेट विनियोजनमा प्रदेशले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यक्रमलाई सरकारको प्राथमिकतामा परेको छ ।

यसका लागि कुल २ अर्ब ९१ करोड ७६ लाख विनियोजन भएको छ । विषम परिस्थितिमा आएको बजेटमा समेत सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकासका योजनालाई निरन्तरता दिएको छ । चालू आर्थिक वर्षको भन्दा २ अर्ब बढी बजेट भए पनि संसदमा प्रतिपक्षी पार्टीहरु सन्तुष्ट देखिएका छैनन् ।

निजी क्षेत्रले समेत यसलाई सकरात्मक रुपमा लिएको देखिदैन । प्रमुख प्रतीपक्षी कांग्रेसका नेता कृष्णचन्द्र नेपाली बजेटले जनतालाई मागलाई सम्बोधन गर्ने खालको नभएको टिप्पणी गरे । जनता समाजवादी पार्टीका सासंद हरिशरण आचार्य हेर्दा राम्रो देखिए पनि कागजको रकेटले लक्ष्य प्राप्ति हुन नसक्ने बताए । त्यस्तै राष्ट्रिय जनमोर्चाका सासंद पियारी थापाले बजेटको आकार ठूलो भएर गुंदी नरहेको टिप्पणी गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेश सरकारले बजेटको आकार मात्र बढाएको बताए । यसरी विपक्षी दल र निजी क्षेत्रबाट बजेटबारे सकरात्मक टिप्पणी नभएपनि सत्तारुढ नेकपाका नेताहरुले बजेटलाई जनतामुखी, याथार्थवादी र वस्तुवादी भन्दै बजेटको बचाउमा देखिएका छन् ।

प्रकाशित समय ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु