गृहपृष्ठ अब अनलाइनबाटै एसियन लाइफ इन्स्योरेन्सको जीवन बिमालेख बिक्री
अब अनलाइनबाटै एसियन लाइफ इन्स्योरेन्सको जीवन बिमालेख बिक्री
एसियल लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनबाटै जीवन बिमालेख बिक्री गर्ने भएको छ । कम्पनीले नोवेल कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएक लकडाउनका कारण अनलाइनको प्रयोग बढेको तथा मुलुक डिजिटाइज हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाटै बिमालेखका लागि आवेदन गर्न सकिने सेवा सुरू गरेको हो ।
त्यसका लागि अभिकर्ताले कम्पनीको आधिकारिक वेबसाइटमा रहेको एजेन्ट पोर्टलबाट २४सै घण्टा आवेदन दिन सक्नेछन् । आधिकारित अभिकर्ताहरूले एजेन्ट पोर्टल लगइन गरेपछि बिमा गर्न चाहने व्यक्तिको सम्पूर्ण विवरण र कागजपत्र अपलोड गर्नुपर्नेछ ।
बिमा समितिको जेठ १४ गतेको निर्देशनअनुसार अधिकतम् ३ लाख बिमांकसम्मको बिमालेखका लागि अनलाइन आवेदन दिन सकिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । यो व्यवस्थाका कारण कागजात बोकेर कम्पनीसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै कोभिड १९ संक्रमणको जोखिम पनि कम हुने कम्पनीको विश्वास छ ।
एसियन लाइफले यसअघि नै बिमितले इसेवा वा फोन पेबाटै बिमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरिसकेको छ । साथै अनलाइन लगइनबाटै अभिकर्ताले कारोबार विवरण तथा बिमितले आफ्नो बिमालेखसम्बन्धी सबै विवरण हेर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय १३:५८ बजे

















