गृहपृष्ठ राष्ट्रिय व्यवसायी महासंघले भन्यो- मापदण्ड पूरा गरेरमात्रै व्यापार गर
राष्ट्रिय व्यवसायी महासंघले भन्यो- मापदण्ड पूरा गरेरमात्रै व्यापार गर
नेपाल राष्ट्रिय व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेरमात्रै उद्योग व्यवसाय सञ्चालन गर्न मातहतका व्यवसायीलाई आग्रह गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै लगे पनि कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको जनाउदै महासंघका अध्यक्ष नरेश कटुवालले एक अपिल सार्वजनिक गरी सम्पूर्ण व्यापारी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउन पनि व्यापार व्यवसाय खोल्नैपर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ । अध्यक्ष कटुवालले कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
न्यूनतम सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, स्यानिटाइजर वा साबुन पानीले समय–समयमा हात धुनेलगायतका सावधानी अपनाउन महासंघ व्यापारी व्यवसायी र ग्राहकलाई अपिल गरेको छ ।
प्रकाशित समय १५:४६ बजे

















