गृहपृष्ठ लक्ष्मी बैंकले दोहा बैंकबाट लियो २ करोड अमेरिकी डलर ऋण
लक्ष्मी बैंकले दोहा बैंकबाट लियो २ करोड अमेरिकी डलर ऋण
लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २ करोड अमेरिकी डलर अर्थात् करिब २ अर्ब ४० करोड रूपैयाँ ऋण लिएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् लक्ष्मी बैंकले तीन वर्षका लागि वैदेशिक मुद्रामा ऋण प्राप्त गरेको हो ।
२०७७ साल वैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र दोहा बैंकको नेपालस्थित कन्ट्री हेड सुरजविक्रम शाहीको उपस्थितिमा ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ऋण प्राप्त भएसँगै प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न लक्ष्मी बैंकलाई सहज हुने भएको छ ।
प्रकाशित समय १९:१२ बजे

















