गृहपृष्ठ हुन्डाइ कार किन्दा मासिक किस्तामा ५० प्रतिशत छुट
हुन्डाइ कार किन्दा मासिक किस्तामा ५० प्रतिशत छुट
तीन महिना लामो लकडाउनका कारण घरमा थन्किएका व्यवसायीले सवारी साधनमा ग्राहक आकर्षित गर्न बम्बर छुट योजना ल्याएका छन् । सरकारले नोवेल कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन असार लागेसँगै खुकुलो पारेपछि व्यवसायीले ग्राहक तान्न विभिन्न योजना सार्वजनिक गरेका हुन् ।
हुन्डाइ ब्रान्डका कार किन्न चाहनेले यतिबेला मासिक किस्तामा ५० प्रतिशतसम्म छुट पाउनेछन् । नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो वर्षको मासिक बैंक किस्ताको ५० प्रतिशत रकम छुट गरिदिने जनाएको हो । नगद छुट, एक वर्षको निःशुल्क बिमा र आगामी आर्थिक वर्षको निःशुल्क सडक करलगायतका सुविधा पनि उपलब्ध गराएको छ ।
हुन्डाइ मोटर्सको स्यान्ट्रो कार खरिद गर्न मासिक ८ हजार ७७६ रुपैयाँ किस्ता तिरे पुग्छ । सुरुको एक वर्ष मासिक किस्ताको ५० प्रतिशत रकम कम्पनीले व्यहोर्ने भएको हो । ग्राहकले न्यूनतम् १०.२२ प्रतिशत ब्याजदरमा अटोलोन पाउनेछन् । सेन्ट्रोको सबैभन्दा सस्तो कार इराको मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ । कम्पनीले यसमा पनि नगद १ लाख रुपैयाँ छुट दिनेछ । आठ वर्षे किस्तामा ग्राहकले यो कार किन्न सक्नेछन् । सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ११ लाख ४८ हजार किस्ताबन्दीमा तिर्नुपर्नेछ ।
प्रकाशित समय १३:२३ बजे

















