गृहपृष्ठ मासिक १० हजार तिर्दा फक्सवागन पोलो कार
मासिक १० हजार तिर्दा फक्सवागन पोलो कार
जर्मन ब्रान्ड फक्सवागनले मासिक १० हजार रुपैयाँ किस्तामा नयाँ कार दिने भएको छ । पोलो कारको नेपालका लागि आधिकारिक विक्रेता पुजा इन्टरनेसनलका अनुसार लकडाउनका कारण आम्दानी गुमाएकाहरूलाई लक्षित गरी कम किस्तामै कार उपलब्ध गराउन लागिएको हो ।
पोलो कारको मूल्य नेपाली बजारमा २९ लाख ४५ हजार रुपैयाँ छ । अहिले पोलो किन्ने ग्राहकलाई कम्पनीले फ्रि एसेसरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, चार वर्षसम्म निःशुल्क सर्भिसिङलगायतका अफर दिएको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने बाँकी रकम सात वर्षको मासिक किस्तामा तिर्न सकिन्छ ।
पोलो किन्दा मासिक किस्ता २४ हजार ४४५ रुपैयाँ पर्छ तर एक वर्षका लागि मासिक किस्ता १० हजार रुपैयाँका दरले तिरे पुग्छ । कम्पनीले कार किन्ने ग्राहकका लागि ब्याजदर १० प्रतिशत मात्र लाग्ने जनाएको छ । बाँकी रकम कम्पनीले तिरिदिनेछ । गाडीको १३औं किस्ताबाट ग्राहकले पुरै तिर्नुपर्ने हुन्छ ।
प्रकाशित समय १४:१७ बजे

















