गृहपृष्ठ मासिक ९९ रुपैयाँमा टिभिएसका बाइक र स्कुटर

मासिक ९९ रुपैयाँमा टिभिएसका बाइक र स्कुटर

टिभिएस मोटरसाइकल, स्कुटर किन्दा चार महिनासम्म ९९ रुपैयाँ किस्ता तिर्दा हुने भएको छ । टिभिएस मोटरसाइकल, स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले सजिलो फाइनान्स सुविधासहितका स्किम ल्याएको हो ।

कम्पनीले नगद दिएर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ छुट तत्काल दिने जनाएको छ । कर्जामा किन्ने ग्राहकले चार महिनासम्म मासिक ९९ रुपैयाँ तिरे पुग्नेछ । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने व्यक्तिले मात्र पाउनेछन् ।

सुरुको चार महिना ९९ रुपैयाँ र त्यसपछिका २२ महिनामा सम्पूर्ण रकम भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, कम्पनीले शून्य प्रतिशत ब्याज योजना पनि ल्याएको छ । यो योजनामा सहभागी हुने ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी रकम १२ किस्तामा तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु