गृहपृष्ठ पोखराको बिरौटाफाँटमा ‘असार १५’ (फोटोफिचर)
पोखराको बिरौटाफाँटमा ‘असार १५’ (फोटोफिचर)
आज असार १५ अर्थात् दहीचिउरा खाने दिन । नेपालमा असार १५ लाई ‘धान दिवस’का रुपमा पनि मनाउन थालिएको छ । असारलाई मानो खाई मुरी उब्जाउने महिनाको रुपमा लिने गरिन्छ । गण्डकी प्रदेशको राजनधानी पोखरामा पनि यस वर्षको असार १५ मनाइएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण विगतमा जस्तो यस वर्ष भने विदेशी पर्यटकहरु रोपाइँमा देखिएनन् ।
पोखरा- १७ बिरौटाफाँटको रोपाइँमा रोपाहार, बाउँसे हलीदेखि केटाकेटीसमेत सहभागी थिए । पोखराको पहिचानको रुपमा लिने गरिन्छ, पोखरेली जेठोबुठो धान । पोखरा नजिकका क्षेत्रमा करिब ४० प्रतिशत रोपाई सकिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । केही वर्षयता खेतीयोग्य जमिनमा घरघडेरीका लागि प्लटिङ गर्न पोखरामा धान खेती घट्दै गएको छ ।




प्रकाशित समय १८:४४ बजे
















