गृहपृष्ठ मेघा बैंक र गण्डकी विकास बैंकबीचको मर्जर अन्तिम, २१ गतेबाट एकीकृत कारोबार
मेघा बैंक र गण्डकी विकास बैंकबीचको मर्जर अन्तिम, २१ गतेबाट एकीकृत कारोबार
२०७६ असोजदेखि एक हुने सम्झौता गरेका मेगा बैंक र गण्डकी विकास बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । लकडाउनकै बीच दुवै संस्थाले गत महिना विशेष साधारणसभाबाट गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए ।
मेगाले गण्डकीलाई बराबरी अर्थात् १:१ अनुपातमा गाभ्नेछ । दुई कम्पनी गभिएपछि मेगा बैंक नेपालको नामबाट कारोबार हुनेछ ।
प्राप्तिपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब नाघ्नेछ भने शाखा सञ्जाल ५८ जिल्लामा फैलनेछ ।
प्रकाशित समय १२:१० बजे

















