गृहपृष्ठ एनएमबी बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच पुनः कर्जाका लागि हस्ताक्षर
एनएमबी बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच पुनः कर्जाका लागि हस्ताक्षर
एनएमबी बैंक र विश्व बैंक सदस्य समूह आइएफसीबीच २ करोड ५० लाख अमेरिकी डलर पुनः कर्जाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै एनएमबी बैंक दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।
समझदारी पत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका निमित्त आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । यस वित्तीय समझदारीले कोभिड १९ का कारण आइपरेको कठिनाइका बीच साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ । त्यस्तै यो कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तीकरणमा सघाउ पु¥याउन सदुपयोग गरिने एनएमबी बैंकले जनाएको छ ।
प्रकाशित समय १९:४८ बजे

















