गृहपृष्ठ नेपाललाई एडीबीद्वारा ३६ करोड अनुदान
नेपाललाई एडीबीद्वारा ३६ करोड अनुदान
एशियाली विकास बैंक (एडीबी)ले कोभिड- १९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रूपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडीबीले एशिया-प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउन स्वीकृति गरेको उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।
जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमा क्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं संक्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।
यसअघि पनि एडीबीले तीन करोड ६० लाख रूपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिएकाहरुलाई आपतकालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।
प्रकाशित समय ११:०८ बजे

















