गृहपृष्ठ सानिमा बैंकका ग्राहकलाई ‘विशेष छुट’सम्बन्धी आईएमएस ग्रुपसँग सम्झौता

सानिमा बैंकका ग्राहकलाई ‘विशेष छुट’सम्बन्धी आईएमएस ग्रुपसँग सम्झौता

सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट/क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबी प्रोटक्टस् आदि खरिद गर्दा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिना सम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ ।

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु