गृहपृष्ठ श्वेता श्री फाउन्डेसनलाई सनराइज बैंकको ५ लाख सहयोग

श्वेता श्री फाउन्डेसनलाई सनराइज बैंकको ५ लाख सहयोग

सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझीहरुका लागि एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी फाउन्डेसनलाई सहयोग गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेसनलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड १९ को कठिन घडीमा पनि यस्ता कार्य गर्दै आएको बताए । यस्तै नायिका श्वेता खड्काले फाउन्डेसनलाई विश्वास गरेको भन्दै सनराइज बैंकप्रति कृतज्ञता जनाइन् ।

फाउन्डेसनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा ५३ आधुनिक र सुविधा सम्पन्न घर निमार्ण गर्दै आएको छ ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु