गृहपृष्ठ मेरो काम नेपालको समग्र हितमा केन्द्रित हुनेछ : महावाणिज्यदूत पौडेल
मेरो काम नेपालको समग्र हितमा केन्द्रित हुनेछ : महावाणिज्यदूत पौडेल
कोलकतास्थित महावाणिज्यदूतावासका लागि नवनियुक्त महावाणिज्यदूत ईश्वर राज पौडेलले चेम्बर अफ कमर्ससँग सहकार्य गरेर अगाडि बढ्ने बताए । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा महावाणिज्यदूत पौडेलले चेम्बरलगायत अन्य उच्चस्तरीय निकायसँग समन्वय गरी व्यापार सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
फ्रेट फवार्डस एशोसिएसन, चेम्बरका कोलकातास्थित समकक्षी संस्था इन्डियन अफ कमर्स, द बंगाल चेम्बर अफ कमर्स लगायतका संस्थाहरुसँग सहकार्यमा व्यापार सहजीकरण गर्ने उनले चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डललाई विश्वास दिलाए । नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रित हुने उनको भनाइ थियो ।
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले पारवहन लागत घटाउन त्यहाँबाट हुनसक्ने प्रयास जारी राख्न पहल हुनुपर्ने बताए । उनले कोलकाता कस्टम हाउससँग सुमधुर सम्बन्ध कायम गरी नेपाली कार्गोको सहजीकरणमा जोड दिनुपर्ने अध्यक्ष श्रेष्ठले आवश्यकता औंल्याए । कोलकता पोर्ट ट्रस्टसँग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला एवं डिमर्ज मिनाह गरी व्यवसाय सहज गर्नेतर्फ आवश्यक पहल गर्न उनले अनुरोध गरे ।

पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलगायत चेम्बरसँग समझदारी पत्रमा हस्तक्षर भएका करिब ४ वटा चेम्बरसँग समन्वय गरी व्यापार लगानी र कोरोनाभाइरसको अन्त्यपश्चात मेला, सहभागीमा जोड दिनुपर्ने बताए ।
भेटघाटमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रावललगायत अन्य पदाधिकारी सहभागी थिए ।
प्रकाशित समय १३:४५ बजे

















