गृहपृष्ठ नेपाली युवाको प्रयासः एकै एपबाट एकीकृत सेवा
नेपाली युवाको प्रयासः एकै एपबाट एकीकृत सेवा
विश्वभर कोरोना भाइरस महामारीले सबै पेशा व्यवसाय ठप्प भएका बेला सूचना प्रविधि क्षेत्रमा एकै स्थानबाट सबै किसिमका सेवा प्रवाह प्रवाह गर्न मिल्नेगरि ‘सम्पूर्ण सेवा’ एप सार्वजनिक गरिएको छ ।
युवा डेभलपर शंकर काप्रीले नेपालमै पहिलो पटक सेवा प्रदायकलाई अनलाइन मै बुकिङ गर्न मिल्ने ‘क्लासिफाइड वेबसाइट’ सेवामा आधारित एप विकसित गरेका हुन् ।
‘नेपालमा सामान बेच्नको लागि क्लासिफाइड कम्पनी छ, तर सेवा क्षेत्रमा अनलाइन डाइरेक्टरी मात्रै छ तर सेवा प्रदायकलाई अनलाइनमै बुकिङ गर्न मिल्ने हिसाबले बनाएको क्लासिफाइड वेबसाइट छैन,’ काप्रीले भने- ‘यही अभाव पूरा गर्न यो एप बनाइएको हो ।’
उनका अनुसार सर्भिस अनलाइन सेवा प्रदायक धेरै भए पनि तिनी अधिकांस कमिसनमा काम गर्ने वा कम्पनी आफैले कर्मचारी राखेर सेवा प्रदान गर्नेखालका मात्र छन् ।
‘सेवा प्रदायक र सेवा उपभोगकर्ता आफै बुकिङ गर्न सक्ने प्लेटफर्म नेपालमा छैन, सम्पूर्ण सेवाले नेपालमा हरेक सेवा प्रदायक र सेवा उपभोगकर्ताबीच आफै सेवा लिनदिन मिल्ने प्लेटफर्मको काम गर्नेछ,’ काप्रीले भने ।
उनका अनुसार सम्पूर्ण सेवा एप र सम्पूर्ण सेवा.कमबाट प्लम्बर, इलेक्ट्रेसियन, कार्पेन्टर, अडिटर लगायत हरेक सेवाको सेवा प्रदायकसँग सम्पर्क गर्न र बुक सकिनेछ ।
कोरोना भाइरस महामारी फैलनुअघि नै सेवा क्षेत्र नयाँ स्टार्टअपको रुपमा नेपालमा कसैले नगरेको सेवा क्लासिफाइड साइट बनाउन पहल थालेका काप्रीले लकडाउनका कारण समय लागेको बताए ।
‘हामी नेपालको पहिलो क्लासिफाइड ‘सम्पूर्ण सेवा’ इन्टरनेटमा आधारित मध्यस्तता कम्पनी सञ्चालनका लागि पूरै तयारीमा थियाैं, त्यहीबेला सुरू भएको लकडाउनले गर्दा वेबसाइट र एप समयमा ल्याउन सकेनाैं, ’ काप्रीले भने, ‘अब क्रमिक रूपमा लकडाउन खुलेकाले गर्दा महामारीपछि हाम्रो स्टार्टअपले गति लिनेमा आशावादी छाैं ।’
हाललाई यो एप एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको र गुगल प्लेस्टोरबाट गर्न सकिने काप्रीले जानकारी दिए ।
प्रकाशित समय १६:२८ बजे

















