गृहपृष्ठ एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, सय रुपैयाँमा साताभर युट्युब
एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, सय रुपैयाँमा साताभर युट्युब
एनसेलको प्राइभेट लिमिटेडले नयाँ ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुका साथमा ग्राहकलाई जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्यले ननस्टप युट्युब अफर सार्वजनिक गरेको हो ।
यससँगै एनसेलका सबै फोरजी ग्राहकले अब भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट थोरै मूल्यमा भरपुर फाइदा लिन सक्ने भएका छन् । भिडियो सामग्री हेर्दा धेरै डेटा खपत हुने र शुल्क बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने भएका हुन् ।
‘प्लस’ थिमअन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले १०० (करसहित १२७.६९) रुपैयाँमा एक साता ४८०पी मा युट्युब भिडियो हेर्न सक्नेछन् । यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् ।
फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट सात दिनका लागि मान्य रहनेछ । यो प्याक लिने ग्राहकले फेसबुक र टिकटकका लागि सुलभ दरमा छुट्टाछुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् ।
ग्राहकले ननस्टप युट्युब प्याक लिएपछि हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म २० (करसहित २५.५३) रुपैयाँमा ३५०० एमबी थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउन प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीका दरले सात दिनसम्म ३ हजार ५०० एमबी थप डेटाको मजा लिन सक्नेछन् ।
एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक सजिलै सुरु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको जनाएको छ । सन् २०१७ मा फोरजी सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशका विभिन्न भागमा सेवाको विस्तार गरेको छ ।
यस अफरअन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेजभित्र हुनुपर्छ । थ्रिजी सिम कार्ड फोरजी सिममा अपग्रेड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । सिम अपग्रेड गर्ने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।
प्रकाशित समय १०:५३ बजे

















