गृहपृष्ठ ग्लोबल आइएमई बैंकका सीईओ क्षेत्रीको राजीनामा स्वीकृत
ग्लोबल आइएमई बैंकका सीईओ क्षेत्रीको राजीनामा स्वीकृत
पुँजीको आधारमा नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवर क्षेत्रीको राजीनामा स्वीकृत भएको छ । कार्यकाल बाँकी रहँदै क्षेत्रीले गत असार १ गते राजीनामा बुझाएका थिए ।
स्वास्थ्यको कारण जनाउँदै उनले बुझाएको राजीनामा साउन १ देखि लागू हुनेगरी सञ्चालक समितिले बिहीबार स्वीकृत गरेको हो । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भएपछि उनी गत मंसिर २० गतेदेखि सीईओ बनेका थिए । मर्जरअघि उनी जनता बैंककोको सीईओ थिए ।
बैंकले डेपुटी सीईओ महेश ढकाललाई कायम मुकायमको जिम्मेवारी दिएको छ ।
राजीनामा स्वीकृत भएपछि क्षेत्रीले फेसबुकमा स्टाटस लेख्दै ‘जीवनको अर्को महत्वपूर्ण र अविस्मरणीय दिन’ भएको उल्लेख गरेका छन् ।
मेरो जीवनको अर्को महत्वपूर्ण र अविश्मरणिय दिन१)स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई वैकको प्रमुख कार्यकारी…
Parshuram Kunwar Chhetri यांनी वर पोस्ट केले गुरुवार, ९ जुलै, २०२०
प्रकाशित समय १७:१६ बजे

















