गृहपृष्ठ एनआइबिएल एस क्यापिटल शनिबार पनि खुल्ने, डिम्याट अकाउन्ट अपडेट गरिँदै

एनआइबिएल एस क्यापिटल शनिबार पनि खुल्ने, डिम्याट अकाउन्ट अपडेट गरिँदै

एनआइबिएल एस क्यापिटल भोलि (शनिबार) पनि खुल्ने भएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै शनिबार १० बजेदेखि १ बजेसम्म लाजिम्पाटस्थित मुख्य कार्यालय खोल्न लागिएको कम्पनीले एक सूचना प्रकाशित गरी जानकारी गराएको हो ।

शनिबार एनआइबिएल एस क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा भइरहेको अजोड इन्स्योरेन्सको साधारण सेयरमा लगानी गर्नका लागि एनआइबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) भएका ग्राहकको खातासँग सम्बन्धित विवरण अध्यावधिक (अपडेट) गर्नुका साथै मेरो सेयरको पासवर्ड रिसेटलगायतका सबै कार्य गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु