गृहपृष्ठ देवः विकासलाई गाभेर कुमारी बैंकले सुरु ग­र्‍यो एकीकृत कारोबार

देवः विकासलाई गाभेर कुमारी बैंकले सुरु ग­र्‍यो एकीकृत कारोबार

कुमारी बैंकले देवः विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । बैंकले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा र देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङले संयुक्त रुपमा एकीकृत कारोबारको शुभारम्भ गरे ।

यससँगै कुमारी बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर सञ्जाल २१६ र एटिएम संख्या १३८ पुगेको छ । देवःलाई गाभेसँगै कुमारीको कुल निक्षेप १२४ अर्ब, कुल कर्जा प्रवाह ११२ अर्ब र सेयर पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित समय २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु