गृहपृष्ठ विद्यालय भवन पुनर्निर्माणमा सिद्धार्थ बैंकको ५ लाख सहयोग

विद्यालय भवन पुनर्निर्माणमा सिद्धार्थ बैंकको ५ लाख सहयोग

सिद्धार्थ बैंकले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दीक्षा सिंहलाई सोमबार रकम हस्तान्तरण गरेकी छन् ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको महाभूकम्पले क्षति भएको भीमेश्वरस्थित सो विद्यालयको भवन पुनर्निर्माणमा उपयोग हुनेछ । हेल्प नेपाल नेटवर्कले नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित समय २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु