गृहपृष्ठ तीन कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको सवा करोड अनुदान

तीन कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकको सवा करोड अनुदान

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत गरेबापत तीनवटा कम्पनीलाई करिब सवा करोड अनुदान दिएको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत तीन कम्पनीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकले अशोक स्टिल इन्डस्ट्रिजलाई एक करोड, सीताराम गोकुल मिल्क्सलाई २० लाख एक हजार १३१ रुपैयाँ र गोयन्का स्टिललाई पाँच लाख ६० हजार ४०० रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक सोमबार हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगलाई पनि ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०७ प्रतिशतमात्र भएकाले कर्जा सुविधा लिन पनि आग्रह गरे । नेपाल र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि सहायतासम्बन्धी कार्य गर्दै आएको छ ।

प्रकाशित समय २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु