गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३९)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३९)
विश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको देश कुन हो ?
१. पब्लिक सर्भिस कमिसनलाई लोक सेवा आयोग कहिलेदेखि भन्न थालियो ?
– २०१५ असार १६
२. सगरमाथा आरोहण गर्ने एक जना आरोहीले कति किलो फोहोर आधार शिविरसम्म अनिवार्य ल्याउनुपर्ने नियम छ ?
– ८ किलो
३. नेपालमा पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको सरकारी सेवा सुविधा फिर्ता दिनुपर्ने आदेश सर्वोच्च अदालतले कहिले जारी गरेको हो ?
– २०६८ मंसिर २२
४. दरबार हाइस्कुल जनताका लागि खुला गराउने राणा प्रधानमन्त्री को हुन् ?
– वीरशमशेर जबरा
५. नाटोको पूरा रुप के हो ?
– North Atlantic Treaty Organization
६. सार्कको १६औँ शिखर सम्मेलन कहाँ भएको थियो ?
– भुटानको थिम्पुमा
७. मनकामना केबलकार कहिलेदेखि सञ्चालनमा आएको हो ?
– २०५५ मंसिर ६
८. प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीश कति उमेर नपुगेसम्म पदमा बहाल रहन्छन् ?
– ६५ वर्ष
९. विश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको देश कुन हो ?
– चीन
१०. विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– मंगोलिया
११. विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ?
– चीन
१२. प्रहरी र जेल नभएको देश कुन हो ?
– आइसल्यान्ड
१३. विश्वमा सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ?
– लिबियाको अजिजिया
१४. नेपाल नामक टोल विश्वको कुन देशमा छ ?
– जापान
१५. मध्यरातमा सूर्योदय हुने देश कुन हो ?
– नर्वे
१६. सबैभन्दा ठूलो स्थल जीव कुन हो ?
– हात्ती
१७. सबैभन्दा पुरानो धातु कुन हो ?
– तामा
१८. सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
– कछुवा (३ सय वर्ष)
१९. विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
– भटमास
२०. विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
– चीन
प्रकाशित समय ०९:२५ बजे















