गृहपृष्ठ सगरमाथा इन्स्योरेन्सको सिइओमा फेरि चंकी क्षेत्री

सगरमाथा इन्स्योरेन्सको सिइओमा फेरि चंकी क्षेत्री

सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चंकी क्षेत्री पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई अर्को एक कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।

नेपाल बिमक संघका महासचिव क्षेत्रीलाई सञ्चालक समिति बैठकले जेठ २२ गते अर्को कार्यकालका लागि सिइओमा नियुक्त गर्ने सहमतिका लागि बिमा समितिमा पत्राचार गरेको थियो । बिमा समितिले असार १७ गते स्वीकृति दिएपछि सञ्चालक समितिको असार २५ गते बसेको बैठले उनलाई थप कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।

क्षेत्रीसँग बिमा क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । सगरमाथा इन्स्योरेन्समा आउनुअघि क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा काम गरेका थिए ।

प्रकाशित समय १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु