गृहपृष्ठ एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ सुविधा ल्याएको छ । यससँगै एनसेलका प्रिपेड ग्राहकले परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्कभित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने भएका छन् । यो योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्नेछन् ।

प्रिपेड ग्राहकले यस अफरअन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुरु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम करसहित ९५.७७ रुपैयाँमा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले करसहित १९१.५४ रुपैयाँमा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक छ । यस प्याकअन्तर्गत ग्राहकले करसहित ३८१.७९ रुपैयाँमा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले प्रतिमिनेट ८ पैसामा कुरा गर्न सक्छन् ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनुपर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।

‘इन्डलेस कुराकानी प्लस’ अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा निकै हर्षित छौं । यी आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्ने विश्वास छ ।’

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर ल्याइसकेको र साथै ‘वायरफ्री प्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरिसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको एनसेलले जनाएको छ ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु