गृहपृष्ठ सामसङको ग्यालेक्सी ए२१एस बजारमा, ४८ मेगापिक्सल क्यामेरा, ५ हजार एमएएच ब्याट्री

सामसङको ग्यालेक्सी ए२१एस बजारमा, ४८ मेगापिक्सल क्यामेरा, ५ हजार एमएएच ब्याट्री

नेपालको सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड सामसङले २०२० का लागि सुलभ दरमा ग्यालेक्सी ए स्मार्ट फोनअन्तर्गत ए२१एस नेपाली बजारमा ल्याएको छ । उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्न डिजाइन गरिएको ए२१एसमा परिष्कृत सुविधा रहेको कम्पनीले जनाएको छ ।

ए२१एसमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा छ, जसले मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्ने सामर्थ्य राख्ने कम्पनीको दाबी छ । मोबाइलमा भएको इन्फिनिटी–० डिस्प्लेले आकर्षक दृश्यावलोकनको अनुभव प्रदान जनाइएको छ । ‘सामसङले आफ्नो सम्पूर्ण ध्यान ग्राहकलाई उपयोगी आविष्कार प्रस्तुत गर्नुमा नै केन्द्रित गर्दै आएको छ । यसै सिलसिलामा ग्यालेक्सी ए२१एसका साथ हामी ए सिरिज लाइनबाट ‘बेस्ट अफ एभ्रिथिङ’ को रुपमा आएका छौं,’ सामसङ मोबाइल नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने, ‘जसमा ४८ मेगापिक्सल क्वाड क्यामेरा, मनमोहक एचडी इन्फिनिटी–ओ डिस्प्ले, लामो अवधि टिक्ने ५ हजार एमएएचको ब्याट्री छ, यसमा कम्पनीको डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ, जसले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्छ ।’

ग्यालेक्सी ए२१एस कालो, सेतो र निलो रंगमा उपलब्ध छन् । यो फोन सेट जुलाई १५ देखि नेपालका सबै सामसङ ब्रान्ड स्टोर उपलब्ध रहेको कम्पनीले जनाएको छ । ४ जिबी र्‍याम र ६४ जिबी इन्टरनर मेमोरी रहेको यो फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ छ ।

क्यामेराका विशेषता

४८ मेगापिक्सलको क्वाड क्यामेरा

६.५ इन्चको इन्फिनिटि‑ओ डिस्प्ले

५ हजार एमएएच क्षमताको ब्याट्री

सामसङ नक्स : सुरक्षा प्ल्याटफर्म

निरन्तर गेमिङको मज्जा  नयाँ Exynos 850 को प्ल्याटफर्म

अनलिमिटेड स्पेस, अनलिमिटेड सुविधा : ५१२ जिबीसम्म बढाउन

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु