गृहपृष्ठ नेपाल लाइफबाट झा बाहिरिए, प्रसाईंलाई कामु सिइओको जिम्मेवारी
नेपाल लाइफबाट झा बाहिरिए, प्रसाईंलाई कामु सिइओको जिम्मेवारी
नेपाल लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) विवेक झा बिदा भएका छन् । नेपाल लाइफमा करिब एक दशक सेवा अवधि सम्पन्न गरी झा साउन १ बाट बिदा भएका हुन् ।
नेपाल लाइफको २० वर्षे यात्रामा उनले करिब एक दशक नेतृत्व गरे । नेपाल लाइफ यतिखेर सबै सूचकांकमा उत्कृष्ट बन्दै जीवन बिमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल छ ।
अभिकर्ताको लगनशीलता, बिमितहरुको विश्वास, कर्मचारीको साथ, सेयरधनीहरुको अटुट विश्वास, सञ्चालक समितिको मार्गनिर्देश र नियमनकारी निकाय बिमा समितिको सहयोगले कम्पनीले यो उचाइ कायम गर्न सकेको झाले बताएका छन् । आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने उनको विश्वास छ ।
सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई नेपाल लाइफको कायम मुकायम सिइओको जिम्मेवारी दिएको छ।
प्रकाशित समय १३:३९ बजे

















