गृहपृष्ठ टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयोग

टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयोग

हिमालयन बैंकले टिच फर नेपाललाई ५ लाख रूपैयाँ सहयोग गरेको छ । ग्रामीण क्षेत्रका समुदायिक/सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक व्यवस्था गर्न बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गरिएको बैंकले जनाएको छ । ‘एक दिन नेपालका सबै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ भन्ने मूल नाराका साथ अगिडीबढेको टिच फर नेपालले हालसम्म ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषय पढाइरहेको छ ।

सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेका  थिए ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु